• सेमिफाईनलमा रत्नले बिष्णुको सामना गर्ने

      ५ असार २०७३, आईतवार १०:५२        राखेप

    नेपाली सेनाका रत्नजित तामाङ्ग र दिपेश धामी, नेपाल प्रहरीका विष्णु कटुवाल तथा भोजपुरका विकास श्रेष्ठ पाँचौं पुष्पलाल स्मृती ¥याङिकङ्ग राष्ट्रिय ब्याडमिन्टनको पुरुष एकल तर्फ आईतबार अन्तिम चारमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिको पुरुष एकलको खेलमा नम्बर एक रत्नले एपिएफका जोसेफ अधिकारीलाई २१–१३, २१–७ ले पराजित गर्दै

  • पोखरामा ह्याण्डबल रेफ्री प्रशिक्षण सुरु

      ५ असार २०७३, आईतवार ०५:३४        राखेप

    नेपाल ह्याण्डबल संघ द्वारा आयोजना गरिएको एक हप्ते राष्ट्रिय रेफ्री ह्याण्डबल प्रशिक्षण कार्यक्रम शनिवार बाट पोखरामा सुरु भएको छ । सो अवसरमा नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्गले ह्याण्डबल खेललाई थप मर्यादित बनाउन प्रशिक्षणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले लामो समय देखि ह्याण्डबलको रेफ्री प्रशिक्षण नभएको अवस्थामा यो

  • रत्न र बिष्णु क्वाटरफाईनलमा

      ५ असार २०७३, आईतवार ०५:३२        राखेप

    नेपाली सेनाका रत्नजित तामाङ्ग, नेपाल प्रहरीका बिष्णु कटुवाल, सेनाका नविन श्रेष्ठ र भोजपुरका विकास श्रेष्ठ पाँचौ पुष्पलाल ¥याङिकङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको लिग खेलमा अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएका छन् । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा रत्नले सेमिफाईनलको लागि एपिएफका जोसेफ अधिकारीको सामना गर्ने छन् ।

  • लिला र निशालाई स्वर्ण

      ५ असार २०७३, आईतवार ०५:२९        राखेप

    नेपाली सेनाकी लिला अधिकारी र पुलिसकी निशा चोधरी अल नेपाल सिनियर जुडो प्रतियोगितामा शनिबार स्वर्ण जित्न सफल भएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको महिला ५२ केजीमुनि फाइनलमा १२ औं दक्षिण एसियाली खेलकुदकी रजत विजेता लिलाले रसुवाकी सर्मिला तामाङ्गलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । यस्तै ६३ केजी मुनिको उपाधी भिडन्तमा निशाले सेनाकी

  • रेहा र नासिरलाई स्वर्ण

      ४ असार २०७३, शनिबार ०८:३७        राखेप

    द व्रिटिष स्कुलकी रेहा प्रधान र जोन डेवीका नासिर याहया हुसेन “दोश्रो किड्स ट्राईयाथलन च्याम्पियनसिपमा” शनिबार स्वर्ण प्राप्त गर्न सफल भएका छन् । स्विम, वाईक, रन भन्ने मुल नाराका साथ सातदोवाटोस्थित पौडी परिसरमा भएको च्याम्पियनसिपमा छात्रा तर्फ ५० मिटर पौडी, १६ सय मिटर साईक्लिङ्ग र ८०० मिटर दौड रेहाले ११.२७ मिनटमा पुरा गर्दै स्वर्ण प्राप्त

  • राकेश र जिमावतीलाई स्वर्ण

      ४ असार २०७३, शनिबार ०८:३५        राखेप

    चौथो राष्ट्रिय अपाङ्गता पौडी प्रतियोगिताको दृष्टिविहीनतर्फ पुरुषमा राकेश शर्मा र महिलामा जिमावती लामकोलियाले शुक्रबार स्वर्ण जितेका छन् । पुरुषमा सुमन घिमिरेले रजत तथा गोकर्ण न्यौपानेले कांस्य जिते । महिलामा आयुष्मा क्षेत्री दोश्रो र धन दर्लामी मगर तेश्रो भए । नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघद्वारा आयोजित प्रतियोगिताको स्पाइनल कोर्ड इन्जुरीको पुरुष्मा रमेश खाती पहिलो, रामबहादुर

  • फेन्सिङ्गमा एपिएफ टिम च्याम्पियन

      ४ असार २०७३, शनिबार ०८:३३        राखेप

    नेपाल एपिएफ क्लबले प्रथम राष्ट्रिय फेन्सिङ्ग च्याम्पियनसिप २०७२ को महिला तथा पुरुष दुवै तर्फ टिम च्याम्पियन भएको छ । एपिएफले महिलातर्फ १७ र पुरुषतर्फ १९ अंक हासिल ग¥यो । प्रतियोगितामा अधिकांश पदक आफ्नो पोल्टामा हाल्न सफल एपिएफका जङ्गगिरीले, रामबहादुर शाहीले र सुखीराम तामाङले इपी पुरुष व्यक्तिगत स्पर्धामा क्रमश स्वर्ण, रजत र कास्य जिते । अर्को

  • सरीता र मनीतालाई स्वर्ण

      ४ असार २०७३, शनिबार ०८:२७        राखेप

    अल नेपाल सिनियर जुडो प्रतियोगितामा नेपाल प्रहरी क्लबकी सरीता चौधरी र बन्दी सहायता गृह (पाम) की मनीता श्रेष्ठ प्रधानले शुक्रबार स्वर्ण जितेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको महिला ४८ केजीमुनि फाइनलमा सरीताले सीडब्लुसीएनकी मनीषा महर्जनलाई पराजित गरिन् । महिला ५७ केजीमुनि उपाधि भिडन्तमा १२ औं दक्षिण एसियाली खेलकुदकी रजत विजेता मनीताले सशस्त्र प्रहरी

  • प्रतापको एकल अग्रता

      ४ असार २०७३, शनिबार ०८:२५        राखेप

    नेपाल छन्त्याल संघका प्रताप छन्त्यालले चौथो परम्परागत धनुषवाण प्रतियोगिताको चौथो दिन शुक्रबार एकल अग्रता बनाएका छन् । उनको कूल ११ अंक भएको छ । सीतापाइलास्थित मार्फा थकाली सेवा सदनमा भइरहेको प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लबका प्रेम थापा मगर ९ अंकसाथ दोश्रो स्थानमा छन् । नेपाल आर्चरी संघद्वारा आयोजित प्रतियोगितामा मार्फा थकाली सेवा सदनका चित्रलाल हिराचन र