अध्यक्षमा अच्युत निर्विरोध निर्वाचित

नेपाल स्केटिङ्ग संघको अध्यक्षमा अच्युत खनाल निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न प्रथम साधारण सभाले खनालको अध्यक्षतामा १३ सदस्यिय कार्य समिति समेत निर्विरोध चयन गरेको छ । संघको बरिष्ठ उपाध्यक्षमा धनपति खरेल, उपाध्यक्ष द्वयमा राजु केसी र अमिर कुमार श्रेष्ठ चयन भएका छन् ।
यस्तै संघको महासचिवमा चुढामणी खरेल, सचिवमा राखेपकका बाबुकाजी श्रेष्ठ (बि.के.) र कोषाध्यक्षमा पवित्रा रेग्मीलाई चयन गरेको छ ।
ललितपुरस्थित महालक्ष्मिस्थानमा भएको साधारण सभा तथा निर्वाचनले सदस्यहरुका सिताराम कंडेल, सावन्त थापा, पर्वत मगर, अमर आलेमगर, चिदम सिंजाली मगर र प्रशान्त घिमिरेलाई निर्विरोध चयन गरेको निर्वाचन अधिकृत ओम नाथ न्यौपानेले जानकारी गराए ।
यस अघि साधारण सभाको राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव गंगा बहादुर थापा मगरले उद्घाटन गरेका थिए ।
निर्वाचित सदस्यहरुलाई प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाश चन्द्र घिमिरेले प्रमाण पत्र प्रदान गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया