उडबल टोली मलेसियातर्फ

१९ औं मलेसियन ओपन उडबल च्याम्पियनसिपमा सहभागी हुन ३ सदस्यीय खेलाडी टोली शनिबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।
जुलाई ३१ देखि अगष्ट ४ तारिखसम्म हुने च्याम्पियनसिपमा अशोक श्रेष्ठ, मदन कार्की र मोहन खत्रीले प्रतिस्पर्धा गर्ने नेपाल उडबल संघका कार्यवाहक अध्यक्ष पूर्णसिं बोहराले जनाएका छन् । उक्त टोलीले सिंगापुरमा अगष्ट ५ देखि ८ तारिखसम्म हुने लायन्स इन्टरनेसनल सिंगापुर ओपन उडबल च्याम्पियनसिपमा पनि सहभागिता जनाउने बोहराले जानकारी गराए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *