उमा कुङफुको राष्ट्रिय रेफ्री सेमिनार

उमा कुङफु संघ, नेपालले रेफ्रीहरुलाई परिवर्तित नियमलगायतका विषयमा जानकारी गराउने उद्देश्यले शनिबार राष्ट्रिय उमा कुङफु रेफ्री सेमिनार आयोजना ग¥यो ।
बसुन्धारा चौकीस्थित ऋृत एकेडेमीमा भएको सेमिनारमा केन्द्र र विभिन्न जिल्लाका २३ रेफ्रीको सहभागिता रहेको आयोजक संघका सचिव सिद्धार्थ लामाले जनाएका छन् ।
सहभागीहरुमा कमल लामा, सुकमान लामा, उद्धव थापा मगर, रमेश महर्जन, विजय तामाङ, कुमार पौडेल, विजय डंगोल, सन्जितकुमार राई, श्याम डंगोल, रवि महर्जन, प्रदीप राउत, सुडेन गुरुङ, कुसुम तामाङ, सिद्धार्थ लामा, असिम राई, भूपेन्द्र गुरुङ, एन्जी तामाङ, सुजित लामा, राजेश तामाङलगायत छन् ।
ऋृत एकेडेमीमै भदौ १० देखि ११ गतेसम्म आयोजना हुने राष्ट्रिय उमा कुङफु प्रतियोगितालाई मध्यनजर गरी एकदिने सेमिनार आयोजना गरिएको हो ।
आयोजक संघका महासचिव अनिमेशलाल श्रेष्ठ र प्रमुख प्रशिक्षक दीपक श्रेष्ठले खेलको नियम, प्वाइन्ट सिस्टम, अनुशासनलगायत विविध पक्ष बारे सहभागीलाई जानकारी गराएका थिए ।
महासचिव श्रेष्ठले समय समयमा अन्तर्राष्ट्रिय महासंघद्वारा लागू गरिएको नयाँ नियमका बारेमा सेमिनार मार्फत निर्णायकलाई अप्डेट गराउनु आवश्यक भएकोले सेमिनार आयोजना गरिएको बताए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया