एसियन जोनल ३.२ चेस, फीडे मास्टर मनीषको स्तरीय प्रदर्शन कायमै

एसियन जोनल थ्रीप्वाइन्ट टु चेस प्रतियोगितामा नेपालमा फीडे मास्टर मनीष हमाल र आशिष फुयाँलको स्तरीय प्रदर्शन सोमबार पनि कायम रह्यो । २०८१रेटेड मनीषले दोश्रो चरणको खेलमा २४२२ रेटेड बंगलादेशी जिएम नियाज मुर्सदसंग बराबरी गरे । यसैगरी, १८०१ रेटेड आशिषले बंगलादेशी आइएम २३४३ रेटेड अबु सफीयन सकीलसंग बराबरी गरे । यसैगरी, २०३६ रेटेड सिएम क्षितिज भण्डारीले बंगलादेशी एफएम २३४१ रेटेड रहमान मोहम्मद तबीरसंग बराबरी गरे । मदनकृष्ण कायस्थ शिर्ष बरियताका बंगलादेशी जिएम जिआउर रहमानसंग पराजित भए ।
नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकडेमीको आयोजानमा जारी प्रतियोगिताका सोमबार भएका अन्य खेलमा बंगलादेशी जीएम अब्दुल्ला अल रकीबले हिमाल लामा, नबीन तण्डुकारले मोहन सिंह प्रधान, भवगती प्रसाद शर्माले मोहम्म्द इम्रान खान, तथा अहमद एमन इब्राहिमले रञ्जन कुबँरलाई हराए । बंगलादेशका एफएम रहमान सायद मुजफुरले नेपालका सिएम रिजेन्द« राज भण्डारीलाई हराए । दुइ चरणको समाप्तीमा रहमान,रकिब र मुजफुरको दुइ अंक छ । यसैगरी, मनीष सहित हुसेन,तैबुर, क्षितिज र आशिषको १.५ अंक छ । मदनकृष्ण सहित हिमाल,रिजेन्द«, नबीन र भगवतीको एक अंक छ ।
महिला तर्फ शिर्ष बरियताकी डब्लु आइएम बंगलादेशी समिमा अख्तरले आफ्नै देशकी डब्लुएफ नजराना खान, बंगलादेशी डब्लु आइएम हमिद रानीले श्रीलंकाकी सुमेइ जयनेब तथा नेपालकी मतीना कुशीले आफ्नै देशकी पुनम प्रसाइलाई हराए । सबिना श्रेष्ठले शान्ता थापासंगको खेलमा जित हात पारिन् । मंगलबार अपरान्ह दुइ बजे तेश्रो चरणको खेल हुने छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया