क्रस कन्ट्रिमा दीपक र हर्क च्याम्पियन

काठमाडौं, २  चैत। १७औं राष्ट्रिय एमटिबी क्रस कन्ट्रि च्याम्पियनसिपमा राजिब राई, लक्ष्मी मगर, दीपक जिमी र हर्क लामा च्याम्पियन भएका छन् ।

नेपाल साइक्लिङ संघको आयोजनामा गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा शनिबार भएको क्रस कन्ट्री राजिब पुरुषतर्फ र लक्ष्मी महिलामा च्याम्पियन भएका हुन् । कुल २० किलोमिटरको ५ ल्यापमा राजिव एक घन्टा ३१ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गर्दै पुरुषतर्पm च्याम्पियनको प्राविधिक संयोजक देवेन्द्र बस्न्यातले जानकारी दिए ।

महिलातर्फ च्याम्पियन लक्ष्मी सोही दूरी पूरा गर्न १ घन्टा ४५ मिनेट ४९ सेकेन्ड समय लगाए । कुल २६ खेलाडी सहभागी पुरुषतर्फ प्रताप थापा १ घण्टा ३१ मिनेट ३९ सेकेन्डका साथ दोस्रो हुँदा तेस्रो स्थानका सीमित ओकेश बज्रचार्यले १ घण्टा ३४ समय ०३ सेकेन्ड समय लगाए ।

महिलातर्फ भने सोनी गुरुङ र हुमी बुढामगरले क्रमशः दोस्रो र तेस्रो भए । सोनीले १ घन्टा ५१ मिनेट ५७ सेकेन्ड र हुमी २ घन्टा ११ मिनेट २२ सेकेन्ड समय लगाइन् ।दोस्रो दिन भएको थप दुई विधा जुनियर पुरुषमा दीपक जिमी र मास्टर्समा हर्क लामा च्याम्पियन हुन सफल भए ।

  चार ल्यापको १६ किलोमिटर दूरी दीपकले १ घन्टा १९ मिनेट १९ सेकेन्डमा पूरा गर्दै सफलता प्राप्त गरे । सोही दूरीको मास्टर्समा भने  पहिलो भएका हर्कले १ घन्टा ७ मिनेट ३५ सेकेन्ड समय लगाए । त्यस्तै जुनियर पुरुषमा दोस्रोका भएका सन्तोष गुरुङ १ घन्टा २२ मिनेट २० सेकेन्ड र तेस्रो स्थानमा सीमित अच्युतकृष्ण खरेल १ घन्टा २५ मिनेट ४० सेकेन्ड समयमा चार ल्यापको १६ किलोमिटर दूरी पूरा गरे ।

सोही दूरीकै मास्टर्समा किरणले मल्ल १ घन्टा  ९ मिनेट १ सेकेन्डमा दोस्रो स्थानमा प्राप्त गर्न सफल भएका थिए ।

तेस्रो स्थानमा प्राप्त गरेका आइतासिँह तामाङले १ घन्टा १४ मिनेट १५ सेकेन्ड उक्त दूरी पूरा गरेका थिए । दूईदिनसम्म सञ्चालन भएको प्रतियोगितामा डाउनहिल र क्रस कन्ट्री विधा भएका थिए । यसअघि पहिलो दिनको डाउनहिलमा पुरुषमा सुमन तामाङ, महिला निस्मा श्रेष्ठ र जुनियरमा निरज श्रेष्ठ पहिलो भएका थिए ।

प्रतियोगिताका विजेतालाई पूर्वमन्त्री अम्बिका बस्नेत र संघका अध्यक्ष गोपाल शुन्दरलाल कक्षपतिले पुरस्कृत गरेका थिए । प्रतियोगितामा कुल ५१ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेको नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारीले जानकारी दिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया