खो खो तर्फ दोस्रो दिन समूह चरणको ११ खेल

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सोमबार खो खो तर्फको समूह चरणको खेल सकिएको छ । खेलमा सुदूरपश्चिम, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र नेपाल आर्मी विजयी भएका छन् ।

जसमा लुम्बिनी प्रदेशले प्रदेश नं १ लाई १८–४ ले सिंगल इनिङमा हराएको हो । त्यस्तै, सुदूरपश्चिम र नेपाल प्रहरीबीच भएको खेलमा सुदूरपश्चिमले १६–४ ले जित निकालेको छ ।

अर्को खेलमा बागमती प्रदेशले १५–४ को अन्तरमा सिंगल इनिङमै मधेश प्रदेशलाई हराएको छ । सोमबार नै भएको खेलमा बागमतीले सुदूरपश्चिमलाई १९–१८ को झिनोअन्तरमा हराएको थियो ।

त्यस्तै, २ विभागीय टिम नेपाल आर्मी र नेपाल पुलिसबीच भएको खेलमा नेपाल आर्मीले सिंगल इनिङमै जित निकालेको छ । आर्मीले पुलिसलाई २३–४ को फराकिलो अन्तरमा पराजित गरेको हो ।

अर्को खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा भइरहेको खेलमा गण्डकीले कर्णार्लीलाई १३–४ अंकले पराजित गरेको हो ।

सोमबार नै भएको पुरुष स्पर्धामा विभागीय टिम नेपाल आर्मी, लुम्बिनी प्रदेश, प्रदेश नं. १ र सुदूरपश्चिमले जित निकालेका छन् । नेपाल पुलिसले मधेश प्रदेशलाई ३१–१ को फराकिलो अन्तरमा पराजित गरेको हो ।

अर्को खेलमा लुम्बिनी प्रदेशले १३–४ अंकका साथ बागमती प्रदेशमाथि जित निकालेको थियो । प्रदेश नं. १ र गण्डकी प्रदेशबीच भएको खेलमा प्रदेश नम्बर १ विजयी भएको छ । जसमा प्रदेश १ ले २० अंक ल्याउँदा गण्डकी ११ अंकमा समेटिएको थियो ।

खोखो पुरुष स्पर्धाअन्तर्गत समूह चरणको दोस्रो खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सिंगल इनिङमै छिनोफानो भएको खेलमा सुदूरपश्चिमले २० अंक ल्याउँदा कर्णाली प्रदेश २ अंकमा रोकिएको थियो ।

मंगलबार समूह चरणअन्तर्गत तेस्रो दिन महिलापुरुष गरी ९ खेल हुनेछन् । आइतबारबाट सुरु भएको खोखो खेलमा २ विभागीय टोलीसहित ९ टिम सहभागी छन् । राउन्ड रोबिन आधारमा भइरहेको खेल कात्तिक ३ गते सकिनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया