जुडो र एथलेटिक्स खेलाडी छानिए

काठमाडौं, असोज १३ गते ।
पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको मध्यमाञ्चल क्षेत्रीय छनोट प्रतियोगिताका लागि काठमाडौंबाट जुडो र एथलेटिक्स खेलाडी छनोट भएका छन् । जुडोमा ८ पुरुष र ४ महिला गरी १२ खेलाडी छनोट भएको छनोट समितिका सचिव एवं जुडो प्रशिक्षक चन्द्रकुमार डंगोलले जनाएका छन् ।
पुरुषको ४५ केजीमुनि राजेन्द्र विशुंके, ५० केजीमुनि सुजन तामाङ, ५५ केजीमुनि राकेश मानन्धर, ६० केजीमुनि सुदीप लामिछाने, ६६ केजीमुनि धीरजप्रसाद ढकाल, ७३ केजीमुनि उपेन्द्र थापा, ८१ केजीमुनि चन्दन बस्नेत तथा ९० केजीमुनि सौरभ गुरुङ रहेका छन् । महिला ४४ केजीमुनि सकुन सुनुवार, ४८ केजीमुनि मनीषा महर्जन, ५२ केजीमुनि सीता सार्की तथा ७० केजीमुनि सुनीता मगर छानिए ।
त्यस्तै एथलेटिक्समा १२ पुरुष र ८ महिला गरी २० खेलाडी विभिन्न स्पर्धालाई छनोट भएको आयोजक काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं छनोट समितिका संयोजक ध्रुवराज न्यौपानेले जनाएका छन् ।
पुरुषमा अरुण राई, अजय गुरुङ, सुरत गुरुङ, दिनेश तामाङ, जगत नेपाली, रञ्जन थापा, बालकृष्ण तामाङ, अजितकुमार यादव, धर्म महर्जन, आशिष थिङ, मिङ्मा ग्याल्मो शेर्पा र चन्द्रदेव भट्ट छनोट भए । महिलामा नवीना थापा, सरिता इट्नी, सुनीता श्रेष्ठ, संगीता खड्का, सन्तोषी श्रेष्ठ, सरु खवास, निशा भुजेल र मेलिना श्रेष्ठ छानिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *