तालिमको निर्देशकमा दाहाल

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी हिमालराज दाहालले पाएका छन् ।


यसअघिका निर्देशक अर्जुनबहादुर विकले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि उक्त पद रिक्त थियो । दाहाललाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सोमबार पत्र हस्तान्तरण गरे । सोही अवसरमा विकलाई पनि मायाको चिनो प्रदान गरी बिदाइ गरिएको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया