तेक्वान्दो खेलाडी छनोट

पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको मध्यमाञ्चल क्षेत्रीय छनोटका लागि काभ्रेबाट ७ पुरुष र ४ महिला गरी जम्मा ११ तेक्वान्दो खेलाडी छनोट भएका छन् ।
पुरुषको ५४ केजीमा कपिल थापा, ५८ केजीमा विशेष थापा, ६३ केजीमा श्यामचन्द्र खत्री, ६८ केजीमा विनय चौधरी, ७४ केजीमा अनुभव थापा, ८० केजीमा राजेन्द्र खत्री र ८७ केजीमा सुनील श्रेष्ठ छनोट भए ।
त्यस्तै महिला ४९ केजीमा रेजिना ठकुरी, ५७ केजीमा विमला तामाङ, ५३ केजीमा मन्जु लामा र ४६ केजीमा आयशा लामा छानिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *