तेक्वान्दो : प्रहरीलाई दुई स्वर्ण

राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको पेयर पुम्सेमा प्रहरीका अस्मिन राउत र निशा दर्नालको जोडी शनिबार पहिलो भएका छन् । आर्मीका दीपेन्द्र गुरुङ र प्रशंसा क्षेत्रीले रजत तथा गण्डकीका आयुश गुरुङ र अर्पणा अधिकारी र प्रदेश १ का विवेक राई र सुबिक्क्षा राईले कांस्य जिते ।
पुरुष टिम पुम्सेमा प्रहरीका प्रेमबहादुर लिम्बू, जितबहादुर बोट र कमल श्रेष्ठले शीर्ष स्थान हात पारे । आर्मीका दीपेन्द्र गुरुङ, रेजिन रिमाल र रामकुमार पोखरेल दोश्रो भए । गण्डकीका टार्जन मगर, तिलक सिउथानी मगर र युकेश थापा मगर तथा एपीएफका सिर्जन श्रेष्ठ, नोर्बु मोक्तान र योबन दाहाल तेश्रो भए ।
महिला टिम पुम्सेमा आर्मीका स्वस्तिका तामाङ, निता गुरुङ र प्रशंसा क्षेत्रीले पहिलो स्थान हात पारेको तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । प्रहरीका निशा दर्नाल, सिता तामाङ र मोनिका रम्तेल दोश्रो भए । एपीएफका मोनिका मगर, स्मृति नेपाली र चन्दु शाही तथा प्रदेश १ का मनीषा विश्वकर्मा, शान्ति राई र सुशीला राई तेश्रो भए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया