देवीकला गुरुङ दोश्रो महिला फ्रेण्डसिप दौडमा शनिबार पहिलो भएकी छन्

देवीकला गुरुङ दोश्रो महिला फ्रेण्डसिप दौडमा शनिबार पहिलो भएकी छन् । देवीकलाले निर्धारित ५.४ किलोमिटर दूरी २० मिनेट ०४ सेकेन्डमा पूरा गरिन् ।
फ्रेन्ड्स अफ लाजिम्पाटद्वारा आयोजित दौडमा लीला राजवंशी दोश्रो भइन् । लीलाले २० मिनेट ४४.२१ सेकेन्डमा दौड सकाइन् । तेश्रो भएकी सन्जिन राईले २१ मिनेट ३९.२२ सेकेन्ड समय खर्चिन् ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे । दौडमा करिब ८ सयको सहभागिता रहेको मोहितमर्दन थापाले जनाएका छन् । दौडको उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

नेपाल साइक्लिङ संघको आयोजनामा हुने १७औं राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप र नवौं राष्ट्रिय माउन्टेन बाइक डाउन हिल च्याम्पियनसिपबारे जानकारी गराउन निम्न मिति, समय र स्थानमा पत्रकार सम्मेलनको आयोजना हुदैछ ।
मिति ः २०७५ फागुन २६ गते आइतबार ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया