धनलक्ष्मी स्मृति स्क्वास सुरु

धनलक्ष्मी महर्जन स्मृति राष्ट्रव्यापी स्क्वास प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । नेपाल स्क्वास राकेट्स संघमा सुरु प्रतियोगिताको कृष्णलाल महर्जनले उद्घाटन गर्नुभयो । प्रतियोगितामा भेट्रान्स सिंगल्समा किशोर महर्जन, अजय के सिम्ह, महेन्द्र महर्जन र लालबहादुर गुरुङ क्वाटरफाइनल पुगेका छन् । यस्तै, पुरुष सिंगल्समा दिलीप अधिकारी, राजेन्द्र शाक्य, प्रवीण कंसाकार, मित्रलाल गौरव, राकेस गुप्ता, अमृत थापा मगर, अमिर ब्लोन, निसान्त अग्रवाल, सुरज श्रेष्ठ, उमिद शाक्य र वीर नेपाली क्वाटरफाइनलमा पुगेका छन् । ६ दिनसम्म चल्ने प्रतियोगितामा पुरुष तथा महिला सिंगल्स, १७ वर्ष मुनि र १३ वर्ष मुनिको ब्वाइज सिंगल्स तथा भेट्रान्स सिंगल्ससहित ५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया