नवौँ राष्ट्रिय खेलकुद : टेनिस महिला डबल्सतर्फ बागमती र आर्मी फाइनलमा

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको महिला डबल्सतर्फ बागमती प्रदेशको प्रकृति र रायनाको जोडीले सेनाको इशा र सुभांगीको जोडीलाई ६–३,६–४ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
त्यसैगरी सेनाका अविलाशा विष्ट र इरा एमआरको जोडीले ६–३,६–३ को सेटमा एपिएफका सुनिरा र सर्भानीको जोडीमाथि जित निकाल्दै फाइनलको यात्रा तय गरेको नेपाल क्रिकेट संघका कार्यालय प्रमुख प्रविन देवकोटाले जानकारी दिनुभयो ।
मिक्स डबल्सतर्फ पुलिसका आर्यन र आइशा डिजीको जोडीले सेनाका गोविन्द र इशाको जोडीलाई ६–३,६–२ सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको छ । यसैगरी सेनाको प्रनभ र अविलाशाको जोडीले एपिएफका सन्तोष र सर्भानीको जोडीलाई ६–३,६–२ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ ।
पुरुष एकल विधामा नेपालका पहिलो र दोस्रो बरियताका दुबै खेलाडीले सेमिफाइनलको यात्रा गर्नुभएको छ ।
पोखरा रंगशालाको टेनिस कोर्टमा आज भएको प्रतिस्पर्धामा नेपालको पहिलो बरियताका खेलाडी गण्डकी प्रदेशका प्रदीप खड्काले नेपाली सेनाका अकी जुवेन रावतलाई ६–४,६–० को सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गर्नुभएको हो ।
त्यसैगरी दोस्रो बरियताका खेलाडी सेनाका प्रनभ खनालले बागमी प्रदेशका निशान श्रेष्ठलाई ६–४,६–२ को सेटमा पराजित गर्नुभयो ।
पुरुष एकलतर्फको प्रतिस्पर्धामा एपीएफका सन्तोष खत्री र एनआरएनका आरभ हाडा विजयी हुँदै सेमिफाइनमा प्रवेश गर्नुभयो । उहाँहरुले क्रमश ःपुलिसका प्रनभ मानन्धर र लुम्बिनीका रितिक लामामाथि जित हासिल गर्नुभयो ।
महिलाएकलतर्फ नेपालको पहिलो बरियताका खेलाडी अभिलाशा विष्ट सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । उहाँले एपिएफका सुनिरा थापालाई ६–२,६–१ को सेटमा पराजित गर्नुभयो ।
त्यसैगरी महिलाएकलतर्फ बागमतीका रायना शाहले पुलिसका प्रशंसा मोक्तान, बागमतीका प्रकृति श्रेष्ठले एपिएफका आइसा डोकर र सेनाका इरा रावतले एपिएफका सर्भानी श्रेष्ठलाई पराजित गरी अन्तिम चारमा स्थान पक्का गर्नूभएको छ ।
पुरुषडबल्सतर्फ गण्डकी प्रदेशको दुई टोली सेमिफाइनल पुगेको छ । प्रदीप खड्का र अनिल शाहीको जोडीले लुम्बिनी प्रदेशका रितिक र सक्षम विएसको जोडीलाई पराजित गदैै सेमिफाइनल पुग्दा गण्डकीकै आशिष कार्की र सौगात विकेको जोडीले प्रहरीका प्रनभ मानन्धर र आर्यन गिरीको जोडीलाई पराजित गरी सेमिफाइनल प्रवेश गर्न सफल भयो ।
त्यसैगरी सेनाका प्रनभ कार्की र अकी रावतको जोडी तथा बागमतीका निशान र प्रितमको जोडीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया