नवौं राष्ट्रिय खेलकुदको सम्पूर्ण तयारी

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारीका बारेमा जानकारी प्रदान गर्न बिहिबार पत्रकार सम्मेलनको आयोजना गरियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले नवौं राष्ट्रिय खेलकुदको उद्घाटनको विस्तृत विवरण सहित राष्ट्रिय खेलकुदमा सहभागि हुने खेलाडी संख्या, पदक संख्या लगायत हाल सम्पन्न भईसकेका र हुने गतिविधीका साथै सम्पूण तयारी पुरा भएको पत्रकारहरुलाई जानकारी प्रदान गरेका थिए ।
प्रतियोगिताको उद्घाटन सम्माननिय उपराष्ट्रपतिज्यूबाट शुक्रबार हुने कार्यक्रम रहेको छ ।
नवौ राष्ट्रिय खेलकुदमा ७ प्रदेश, तीन विभागिय टोलीका साथै एनआरएन गरि ११ टोलीका ६१५७ खेलाडीहरुले ४०४ स्वर्ण पदकका लागि २७ खेलका विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् । राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन शुक्रबार हुने भएता पनि केहि खेलहरु एद्घाटन अगावै सुरु भएकोछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया