नवौं राष्ट्रिय खेलकुद : ह्यान्डबल

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ह्यान्डबलमा गण्डकीले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको फाइनलमा गण्डकीले विभागीय आर्मीमाथि ४३–३६ ले पराजित गर्दै स्वर्ण जितेको हो ।
पुरुष ह्यान्डबलमा स्वर्ण जितेसँगै  जारी नवौं राष्ट्रिय खेलकुदमै गण्डकीलाई पहिलो स्वर्ण मिलेको हो । ८ औं राष्ट्रिय खेलकुदमा पनि गण्डकीले स्वर्ण जितेको थियो ।
एपीएफले लुम्बिनीलाई ३५–१३ ले हराउँदै कास्य पदक जित्यो ।

महिला ह्यान्डबलमा आर्मी पहिलो भयो । आर्मीले एपीएफलाई १७–१६ ले हरायो । गण्डकी प्रदेशले प्रदेश–१ लाई २२–७ ले पाखा लगाउदै तेश्रो भयो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया