नवौ राष्ट्रिय खेलकुद अन्तर्गत भोलीबाट महिला क्रिकेटका खेलहरु सुरु हुँदै

प्रतियोगिताको औपचारिक उद्घाटन असोज २८ गतेबाट हुने भए पनि क्रिकेटको पुरुष तर्फको खेल विविध कारणले यस अघिनै काठमााण्डौमा सम्पन्न भईसकेको छ भने महिला क्रिकेट आइतबारबाट सुरु हुनेछ । महिला क्रिकेट अन्तर्गतको पहिलो खेल समूह ए मा रहेको गण्डकी प्रदेश र मधेश प्रदेश तथा दोस्रो खेल सुदुरपश्चिम प्रदेश र बाग्मती प्रदेशबीच हुनेछ ।
प्रतियोगितामा सात प्रदेश र दुई विभागिय टोली गरि कुल ११ टोली सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा गण्डकी प्रदेश, मधेश प्रदेश, सुदुरपश्चिम प्रदेश, बाग्मती प्रदेश र एपिएफ रहेको छ । समूह बी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश एक रहेका छन् । एनआरएन र त्रिभुवन आर्मी क्लबले भने महिला क्रिकेटमा सहभागिता जनाएका छैनन । समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताका खेलहरु पोखरा क्रिकेट रंगशालामा हुनेछ ।
नवौं खेलकुद अन्तर्गत पहिलो स्वर्ण नेपाल पुलिस क्लबले हासिल गरिसकेको छ । पुलिस क्लबले पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पहिलो स्वर्णका साथ नवौं राष्ट्रिय खेलकुदको पदक तालिकामा आफुलाई अग्रस्थानमा राख्न सफल भएको छ । महिला क्रिकेटको पहिलो खेल भोली शनिबार बिहान ३ ः १५ बजे संचालन हुने छ भने दोश्रो खेल दिनको १ ः १५ बजे संचालन हुने कार्यक्रम रहेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया