नेपाली टेटे खेलाडी जर्मनी लिगमा

हाल जर्मनीमा रहेका नेपाली टेबलटेनिस खेलाडी दीप साउन र स्वेच्छा नेम्वाङले जर्मनीको टेबलटेनिस लिग सच्सेन लिगामा खेल्ने अवसर पाएका छन् ।
युनिभर्सिटी लेप्जिकमा आईटीके इन्टरनल ट्रेनर कोर्षमा सहभागिता जनाइरहेका दीप र स्वेच्छाले लिगाको डिभिजन– ४ मा खेल्ने अवसर पाएका हुन् । दुवैले ल्युट्जसेर फुच्से २ क्लबबाट खेलिरहेका छन् । नेपाली टेबलटेनिस खेलाडीले कुनै पनि विदेशी लिगमा खेलेको यो पहिलो अवसर भएको बताइएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया