पुरुष बास्केटबलमा गण्डकी र एपीएफ फाइलनमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बास्केटलब फाइभ अन फाइभ प्रतियोगितामा गण्डकी र एपीएफ फाइनलमा प्रवेश गरेका छन् ।् बुधबार भएको खेलमा गण्डकीले आर्मीलाई ७०–६६ स्कोरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफमा आर्मीले १६–१९ स्कोरले अग्रता लिएको थियो । दोस्रो हाफमा गण्डकीले ३९–३२ स्कोरका साथ अग्रता लिँदै तेस्रो र चौथोमा क्रमशः ५३–५० र ७०– ६६ अंकले जित हासिल गरेको छ ।
आजै भएको पहिलो खेलमा एपीएफ फाइनलमा प्रवेश गरेको छ । एपीएफले बागमती प्रदेशलाई ९२–६५ स्कोरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । बुधबारै सम्पन्न थ्री अन थ्रीतर्फ एपीएफले बागमतीलाई २१–१६ स्किोरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । दोस्रो खेलमा घरेलु टोली गण्डकीले आर्मीलाई २०–१७ स्कोरले हराउँदै फाइनलको यात्रा तय गरेको छ ।
फाइनल खेल गण्डकी र एपीएफ बीच बिहीबार हुँदै छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया