पुरुष हकी : आर्मी र पुलिस विच भिडन्त हुने

पोखरामाजारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुषहकीको फाईनलमानेपालआर्मी र पुलिस विच भिडन्त हुने पक्काभएको छ । हेम्जाको गौरीशंकर खेल मैदानमाजारी खेलमाआजआर्मीले कर्णालीलाई र पुलिसले गण्डकीलाई पराजितगरि दुवै टिमविचविहीबार हुनेफाईनलमा भेट पक्का गरेका हुन् ।
बुधबार भएको पहिलो खेलमा नेपालआर्मीले कर्णालीप्रदेशलाई १३–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । टिमलाईविजयीबनाउनकालागि नेपालआर्मीका देवसिं धामीएक्लैले ४ गोल गरेका थिए । उनले खेलको ४ औ, १५औ, २२ औ र २९ औ मिनेटमा गोल गरेका हुन् । खेलको ५ औ मिन्टमा रोमन रानाले गोल गरे ।
त्यसैगरि ९ औ मिनेटमा राजेन्द्र कार्कीले गोल गरे । १३ औ र २१ औमिनेटमा दिपेन्द्र ऐरले गोल गरेका थिएभने खेलको २३ औ र ३६ औ मिनेटमा प्रदिप राजवंशीले गोल गरेका थिए । ४० औ र ४४ औ मिनेटमा गणेश टमटाले गोल गरेका थिएभने ४८ औ मिनेटमा मिनबहादुर थानेतले गोल गरे ।
त्यसैगरि दोस्रो खेलमा गण्डकी प्रदेश नेपालपुलिससंग ४–० गोल अन्तरले पराजितभएको छ । पुलिसकाश्रवण कुमारले खेलको १३ औ र २५ औ मिनेटमा गोल गरेका थिएभने १७औ र १९ औ मिनेटमा महेश धामीले गोल गरे ।
विहीबार तेस्रो स्थानका लागि गण्डकी र कर्णालीप्रदेशविचप्रतिस्पर्धा हुने छ । सोमबार समुहलिग चरणको खेलमा गण्डकीले मधेश प्रदेशलाई पराजित गरेको थियो भने अन्तिमचारमामंगलबार कर्णालीले बागमतीप्रदेशलाई पराजित गरेको थियो । कुल ९ टिम सहभागीप्रतियोगितामासमूह क बाट प्रदेश १, सुदुरपश्चिम, मधेश, समुह ख बाट बागमती र लुम्बिनीप्रदेश समूह चरणबाटैबाहिरिएको हो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया