पुरुष हक्की : सेमीफाईनल समिकरण पूरा

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हक्कीको सेमीफाईनल समिकरण पूरा भएको छ ।

समूह कमा रहेको आर्मी १२ अंकका साथ समूह विजेता र गण्डकी प्रदेश ७ अंकका साथ उपविजेता हुदै सेमिफाइनल प्रवेश गरेको हो । समूह चरणमा आर्मीले ४ खेल खेलेकोमा चार वटैमा जित निकालेको थियो ।

समूह खबाट नेपाल पुलिस विजेता र कर्णाली प्रदेश उपविजेता बन्दै सेमीफाइनल पुगेको हो । समूह चरणमा नेपाल पुलिसले खेलेको ३ वटै खेलमा जित निकाल्यो भने कर्णालीले ३ खेलमा २ खेल जित्दै ६ अंक जोडेको हो ।

बुधबार हुने पहिलो सेमिफाईनलमा कर्णाली प्रदेशले आर्मीको सामाना गर्नेछ । दोस्रो खेलमा गण्डकी प्रदेशले नेपाल पुलिससँग खेल्नेछ ।

मंगलबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश १ लाई १–० गोल अन्तरले पराजित गर्दै १२ अंक जोडेको हो । आर्मीका लागि ५७ औं मिनेटमा रोशन चौधरीले गोल गरेका हुन् ।

दोस्रो खेलमा कर्णाली प्रदेशले बागमती प्रदेशलाई १–० गोलले हराउँदै सेमिफाईनल पुगेको हो । निकै महत्वपूर्ण खेलमा कर्णालीलाई सेमिफाईनल पु¥याउन खेलको २६ औं मिनेटमा निरञ्जन रोकायाले गोल गरेका हुन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया