पुरुष हक्की स् गण्डकी र सुदुरपश्चिम १–१ को बराबरीमा

पोखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष हक्कीतर्फ शुक्रबार चार खेल सम्पन्न भएका छन् ।

हेम्जाको गौरीशंकर खेलमैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेश विच १–१ गोल बरावरीमा रोकिएका छन् । खेलको दोश्रो मिनेटमा महेश नेपालीले गोल गर्दै सुदुरपश्चिमलाई १–० को अग्रता दिलाएका थिए भने ५२ औ मिनेटमा गण्डकीका पवन परियारले गोल फर्काउदै टिमलाई बरावरीमा फर्काएका हुन् ।

खेल बराबरीमा रोकिए पछि दुवै टिमले १–१ अंक बाड्न बाध्य भएका छन् ।

त्यसैगरि दोस्रो खेलमा मधेश प्रदेश र प्रदेश १ विचको खेलमा प्रदेश १ विजयी भएको छ । प्रदेश १ ४–१ गोल अन्तरले विजयी भएको हो । खेलको २७ औ, ५९ औ र ५० औ मिनेटमा प्रदेश १ का खेलाडी रिसव चौधरीले गोल गर्दै टिमलाई योगदान दिएका थिए ।

त्यसैगरि खेलको ३२ औ मिनेटमा मधेश प्रदेशका खेलाडी अमित कुमार श्रीवास्तवले गोल गरेका थिए । खेलको ४० औ मिनेटमा पुनः प्रदेश १का खेलाडी कृष्ण तामाङले एक गोल गरेपछि टिमलाई ४–१ मा पुर्‍याएका थिए ।

त्यसैगरि तेस्रो खेलमा नेपाल पुलिस क्लव विजयी भएको छ । नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६–० अन्तरको फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

खेलको १७ औ,२८ औ र ३६ मिनेटमा नेपाल पुलिसका नरेन्द्र कार्कीले गोल गरेका थिए भने ४४ औ मिनेटमा गणेश सिँह ठगुन्नाले गोल गरेका थिए । खेलको ५१ औ मिनेटमा महेश धामीले एक गोल गरेका थिए । त्यसैगरि खेलको ५४ औ मिनेटमा शशि दर्लामीले एक गोल थप गरेपछि टिमलाई ६–० को फराकिलो अन्तरले जित दिलाउन सफल भएको हो ।

समय अभावका कारण विहीबार हुन नसकेको बागमती प्रदेश र लुम्विनी प्रदेश विचको खेल आज दिउँसो भएको थियो । आज भएको उक्त खेलमा बाग्मती प्रदेश विजयी भएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया