पूर्व अन्तराष्ट्रिय खेलाडी मगरको निधन

बक्सिङ्गका पूर्व अन्तराष्ट्रिय खेलाडी ईन्द्र बहादुर पुन मगरको बिहिबार देहावसान भएको छ । आठौं दक्षिण एशियाली खेलकुदका कास्य पदकधारी मगर लामो समय देखि आन्द्राको क्यान्सर रोगबाट पिडित थिए ।
उनको ललितपुरस्थित हरिशिद्धि क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । मगरको पार्थिव शरीरलाई शुक्रबार श्रद्धान्जलीका लागि राष्ट्रिय खेलकुद परिषदको प्राङ्गणमा केहि समय राखिएको थियो । उनको पार्थिव शरीरमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा, बक्सिङ्गका पदाधिकारी, खेलकर्मी लगायतले श्रद्धान्जली अर्पण गरेका थिए ।
मगरको पार्थिव शरीरलाई अन्तिम संस्कारको लागि गृह जिल्ला तनहुं लगिएको छ ।
स्व. मगरले २०५१ र ५३ मा भएका राष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा स्वर्ण पदक जित्नुका साथै १९९७ मा दिल्लीमा भएको वाईएमसिए अन्तराष्ट्रिय बक्सिङ्ग च्याम्पियनसिप र १९९८ मा मनिलामा आयोजित मेयर्स कपमा कास्य पदक जितेका थिए । ओलम्पिक छनोट प्रतियोगितामा सहभागी भएका मगरको श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *