पौडी पोखरीमा इ टिकटको सुरुआत

काठमाडौं, साउन १ गते ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीमा इ टिकटको सुरुआत गरिएको छ । विगतको झन्झटिलो टिकट प्रणालीलाई विस्थापन गर्दै रेकर्ड प्रणालीलाई चुस्त दुरुत र सरल बनाउन आइतबारदेखि इ टिकटको सुरुआत गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले सोको उद्घाटन गरे । अब अनलाइन टिकटको पनि चाँडै सुरुआत गर्ने परिसर प्रमुख देवराज कट्वालले जनाएका छन् । ग्रिन टेक कन्सर्न प्रा.लि. ले यो प्रविधिको व्यवस्थापन गरिहेको छ ।
‘विगतमा छपाईं टिकटमा काम गर्दा धरै असहज र झन्झट हुन्थ्यो । यो प्रविधिमा काम गर्दा धेरै सहज भएको छ । अन्लाइन टिकट पनि सुरु भएपछि काउन्टरमा भिड पनि कम हुन्छ । त्यसले अझ सहज हुन्छ ।’ परिसरमा कार्यरत सुरत खत्रीले बताए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया