पौडी प्रतियोगिता मंगलबार

नेपाल पौडी संघको आयोजनामा २१ औं राष्ट्रिय खुला तथा अन्तर विद्यालय उमेर समूह पौडी प्रतियोगिता –२०७३ श्रावण ४ र ५ गते सातदोवाटोस्थित पौडी पोखरी, ललितपुरमा आयोजना हुने भएको छ ।
दुई दिने प्रतियोगितामा ३२ विद्यालयका २०० खेलाडीले ३४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै खुला तर्फ ७५ खेलाडीहरुले २६ र भेट्रान्स तर्फ ६ स्वर्ण पदककका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक नेपाल पौडी संघका सह–कोषाध्यक्ष नाजिर उद्धिन मुस्लिमले जानकारी गराए । भेट्रान्स तर्फ महिला तर्फ २ र पुरुष तर्फ ४ ईभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।प्रतियोगिताको सम्पूण तयारी पुरा भईसकेको संयोजक मुस्लिमले बिज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया