पौडेल र भण्डारी सम्मानित

नेपाल पारा ओलम्पिक कमिटीले पारा साइक्लिस्ट कालिकाप्रसाद भण्डारी र दृष्टिविहीन टेबलटेनिस प्रशिक्षक कुमार पौडेललाई बुधबार सम्मान गरेको छ ।
भण्डारीलाई साइकलमार्फत विश्वको ५० भन्दा बढी राष्ट्रको भ्रमण गर्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम चिनाउन सफल भएकोमा सम्मान गरिएको कमिटीका अध्यक्ष दीपक कोइरालाले जनाएका छन् ।
त्यस्तै पौडेललाई दृष्टिविहीन खेलाडीलाई प्रशिक्षण गराउदै आएको र संगीतको क्षेत्रमा योगदान पु¥याएवापत सम्मान गरिएको हो । उनीहरुलाई वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सम्मान गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया