प्रतापको एकल अग्रता

नेपाल छन्त्याल संघका प्रताप छन्त्यालले चौथो परम्परागत धनुषवाण प्रतियोगिताको चौथो दिन शुक्रबार एकल अग्रता बनाएका छन् । उनको कूल ११ अंक भएको छ ।
सीतापाइलास्थित मार्फा थकाली सेवा सदनमा भइरहेको प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लबका प्रेम थापा मगर ९ अंकसाथ दोश्रो स्थानमा छन् ।
नेपाल आर्चरी संघद्वारा आयोजित प्रतियोगितामा मार्फा थकाली सेवा सदनका चित्रलाल हिराचन र म्याग्दी मगर समाजका तालबहादुर गर्बुजा समान ८–८ अंकसाथ संयुक्त रुपमा तेश्रो स्थानमा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *