फुटभली राष्ट्रिय खेलकुद परिषदमा दर्ता

नेपाल फुटभली संघ नयाँ संघको रुपमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको छ ।
ब्राजिलमा मुख्य कार्यालय रहेको फुटभली संघको अध्यक्षमा मनिष जोशी “राम” अध्यक्ष रहेका छन् ।
राखेपको १७० औ संघमा दर्ता भएको संघको उपाध्यक्ष त्रयमा दामोदर अर्याल, राजु विक्रम थापा र अम्बिका शर्मा लामिछाने (काठमाण्डौ) रहेका छन् । संघको महासचिवमा दामोदर भट्टराई “बद्री” (सिन्धुपाल्चोक), सचिवमा प्रेम पौडेल र कोषाध्यक्षमा रमेश नापित (काठमाण्डौ) छन् । यस्तै सदस्यहरुमा दीपक राज जोशी (काठमाण्डौ), राजाराम बुढाथोकी (काठमाण्डौ), कुमार बस्नेत (सोलु), माधव प्रसाद त्रिपाठी (काभ्रे), दीपक कुमार के.सी. (काठमाण्डौ), पूर्णिमा श्रेष्ठ (गोरखा), लक्ष्मी कार्की (काठमाण्डौ), हरिकृष्ण महर्जन (ललितपुर) र बासु कार्की राखेप प्रतिनिधी रहेका छन् ।
संघले परिषदमा दर्ता हुनु अगावै थाईल्यान्डमा भएको एयिशन फुटभली च्याम्पियनसिपमा सहभागीता जनाउनुका साथै, नेपालमानै दक्षिण एशियाली मैत्रीपूर्ण फुटभली प्रतियोगिता आयोजना गरिसकेको संघका अध्यक्ष मनिष जोशीले जानकारी गराए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया