फेन्सिङ्गको पहिलो स्वर्ण बागमतीलाई

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगतको फेन्सिङ्ग प्रतियोगितामा बागमती प्रदेशले पहिलो स्वर्ण हात पारेको छ । बागमती टिमले महिला ब्यक्तिगत सावर बिधामा स्वर्ण जितेको हो । शिक्षा नापितले बागमतीको लागि नवौंमा पहिलो स्वर्ण दिलाएकी हुन् । उनले एपिएफकी उर्मीला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । तेश्रो स्थानमा सेनाका रविना थापा र मनिषा श्रेष्ठ रहे ।


पोखराको ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगितमा इपी महिला ब्यक्तिगत तर्फ सेनाले बर्चस्व बनायो । सेनाका ईन्दिरा पौडेलले स्वर्ण जित्दा सिता पाठक रजतमा खुम्चिईन् । यस्तै सेनाकी पुजन कुमालले कास्य जित्दा अर्को कास्य एपिएफकी जानुका स्याङ्गतानले जितिन् ।
पुरुष तर्फ सुदूरपश्चिम प्रदेशका जलेन्द्र शाहीले आफ्नो प्रदेशका लागि स्वर्ण जिते । उनले फ्वाईलतर्फ बागमतीका संजीप लामालाई पराजित गर्दै स्वर्ण जितेका हुन् । सेनाका वीर सिंह शाही र एपिएफका शेरसिंह ऐरीले कास्य पदका चित्त बुझाए ।


बिजयी खेलाडीहरुलाई बागमती प्रदेशका सदसस्य सचिव सूर्यलाल भण्डारी, सुदूरपश्चिम प्रदेशका सदस्य सचिव दीपक सिंह र राष्ट्रिय खेलकुद परिषद्का प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेतले पुरस्कृत गरेका थिए ।
फेन्सिङ्गको आज तीन स्वर्णको छिनोफानो भएको छ ।
प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरेका थिए । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता रहेको छ ।
विभागीय टोली नेपाल आर्मी, शसस्त्र प्रहरी बल, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगितामा प्रत्येक टोलीमा १२ महिला र १२ पुरुष गरी २४ जना खेलाडीले सहभागीता जनाएका छन् ।
फेन्सिङ्ग अन्तरगत ईपी, फोयल र सावर गरी तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता राउण्ड रोविनको आधारमा हुने प्राविधिकले जनाएका छन् ।
नवौं राष्ट्रिय प्रतियोगिताको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले जितेको थियो । पुलिसले पुरुष क्रिकेटमा पहिलो स्वर्ण जित्दै स्वर्ण तालिकामा पहिलो स्थान बनाउन सफल भएको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया