फेन्सिङ्गमा बागमतीलाई तेश्रो दिन दुई स्वर्ण

बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा आज तेश्रो दिन दुई स्वर्ण हात पारेको छ । यो सहित बागमती ४ स्वर्ण सहित पदक तालिकामा अग्रस्थानमा रहेको छ । बुधबार पुरुष टिम फ्वईल तर्फ बागमतीले सेनालाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण संख्यालाई तीनमा पु¥याएको हो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।
यस्तै आजै सम्पन्न महिलाको सेवर टिम ईभेन्टस्मा पनि बागमतीले स्वर्ण हात पार्दै स्वर्ण संख्यालाई ४ पु¥याउँदै पदक तालिकामा आफुलाई अग्रस्थानमा पु¥याउन सफल भएको हो । बागमतीले सेनालाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण कब्जा गरेको हो । एपिएफ र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।
पोखरा रङ्गशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगिताको महिला इपी तर्फको प्रतिस्पर्धामा सेनाले विजयी हुँदै स्वर्ण हात पारे । सेनाले एपिएफलाई ४५–४० ले पराजित गरेको हो । तेश्रो स्थानमा प्रदेश १ र सुदूरपश्चिम रह्यो ।
बिजयी खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलगायतले पुरस्कार वितरण गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया