बास्केटबल : आर्मी, एपिएफ, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा

गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलमा आर्मी, एपिएफ, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रगंशालामा मगंलबार सम्पन्न ‘थ्रि अन थ्रि’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई २१–२० स्कोरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । आजनै सम्पन्न दोस्रो खेलमा प्रदेश १ ले मधेशलाई २१–०५ स्कोरले हराएको छ ।

समूह चरणको अकं तालिकामा आर्मी ८ अकंका साथ विजेता बनेको छ भने एपिएफले ७ अकं जोड्दै उपविजेता बनेको छ ।

त्यस्तै समूह वि तर्फको पहिलो खेलमा बागमती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई १४–१० स्कोरले हराएको छ । अकं तालिकामा उपविजेता हुँदै ७ अकंका साथ बागमती प्रदेश सेमिफाइनलमा प्रबेश गरेको छ ।

त्यस्तै दोस्रो खेलमा कर्णालीले लुम्विनीलाई १९–१० स्कोरले हराएको छ ।

समूह वि अन्तर्गत अकं तालिकामा ८ अकंका साथ गण्डकी विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने बागमती ७ अकं जोडेको छ ।

भोलि २ गते बुधवार विहान सेमिफाइनलको पहिलो खेल बिभागीय टोली एपिएफ र बागमती प्रदेशबीच हुँदैछ भने दोस्रो खेल गण्डकी र आर्मीबीच हुँदैछ ।

प्रतियोगितामा १० समूह सहभागी छन् भने गत २८ गतेदेखि खेलहरु जारी छन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया