बास्केटबल टोलीको बिदाइ

फिबा एसिया च्यालेन्ज कप क्वालिफाइङमा सहभागी हुन नेपाली पुरुष राष्ट्रिय बास्केटबल टिम मंगलबार भारतको बैंगालुरु प्रस्थान गर्दैछ ।
टोलीलाई १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको समापन समारोहमा एमाले नेता गोकर्ण विष्टले सफलताको शुभकामना दिदै बिदाइ गरे । जुलाई ६ देखि ८ तारिखसम्म हुने क्वालिफाइङमा सहभागी हुने टोली १२ खेलाडी, २ प्रशिक्षक र १ रेफ्रीसहित १५ सदस्यीय रहेको छ ।
खेलाडीहरुमा सदशी प्रधान (कप्तान), विनोद महर्जन (उपकप्तान), राजीव जोशी, सोनाम लामा, रोविन खत्री, आयुश सिंह, सौरभ श्रेष्ठ, विक्रम जोशी, असिम श्रेष्ठ, सागर थापा, मविन्द्र भण्डारी तथा अजय कुश्वाहा रहेका छन् । प्रशिक्षकमा दिनेशचन्द्र नकर्मी र विकु महर्जन छन् । रेफ्रीमा फिबा रेफ्री राजकुमार महर्जन छन् ।
क्वालिफाइङमा नेपालसहित दक्षिण एसियाली राष्ट्र आयोजक भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष स्थानमा रहने टोलीले सेप्टेम्बरमा इरानमा हुने फिबा एसिया च्यालेन्ज कपमा सहभागिता पक्का गर्नेछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया