बास्केटबल : सेना फाइनलमा

नवौं राष्ट्रिय खेलकुद अन्तरगत तनहुँमा भएको महिला ३x३ बास्केटबल प्रतियोगितामा नेपाली सेनाको टोली फाइनल प्रवेश गर्न सफल भएको छ । नेपाली सेनाले गण्डकी प्रदेशलाई पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । निर्धारित समय सम्म स्कोर बराबर भएपछि थप गरिएको समयमा सिवाङ्गी लिम्बु र जेनिषा श्रेष्ठले स्कोर गर्दै सेनालाई सेमिफाइनलको यात्र तय गराए । निर्धारित समय सम्म सेना र गण्डकीले समान ६–६ अंकको स्कोर गरेको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया