बुद्धिचालको खुल्ला ब्लिचमा आर्मीका जैसवाल र महिलामा लोहनीलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता अन्र्तगत गोरखामा जारी बुद्धिचाल प्रतियोगिताको खुल्ला बिल्च चरणको खेलमा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवाल र महिला बिल्च चरणको खेलमा त्रिभुवन आर्मीकै सुजना लोहनीले स्वर्ण पदक हात पारेका छन् । प्रतियोगिता अन्र्तगत आज सम्पन्न बिल्च चरणको खेलमा जैसवाल कुल ९ खेल मध्ये ८ खेलमा जीत र एक खेलमा ‘ड्र’ खेलेर ८.५ अंकका साथ स्वर्ण पदक हात पार्न सफल हुनुभएको हो ।
खुल्ला बिल्चमा नेपाल पुलिस क्बलका क्षितिज भण्डारीले दोस्रो हुदै रजत पदक प्राप्त गर्नुभएको छ भने त्रिभुवन आर्मी क्बलकै सचिन मर्हजनले तेस्रो स्थान हात पार्दै कास्य पदक जित्नु भएको छ । नेपाल पुलिस क्बलका भण्डारीले कुल ९ खेलमा ७ जीत, एक हार र एक ‘ड्र’ गरेर ७.५ अंक प्राप्त गर्नुभएको थियो । त्यस्तै त्रिभु्वन आर्मी क्बलका मर्हजनले ९ खेलमा ६ जीत, २ हार र एक खेलमा ‘ड्र’ गर्दै तेस्रो हुन सफल भएको हो । उहाँले ६.५ अंक प्राप्त गर्नुभएको थियो ।
प्रतियोगिताको महिला तर्फको बिल्च इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले ९ खेलमा ९ ओटै खेल जितेर ९ अंकका साथ स्वर्ण जित्न सफल हुनभएको हो । प्रतियोगितामा नेपाल पुलिक क्लबकी पूर्णिमा गुरुङले ८ खेलमा जीत र एक खेलमा हार व्यर्होदै कुल ८ अंकका साथ कास्य पदक जित्नु भएको छ ।
त्यस्तै महिला बिल्चमा त्रिुभवन आर्मी क्लबकी सिन्दिरा जोशीले ९ खेलमा ६ खेल जित्दै ६ अंकका कास्य पदक हात पार्न सफल सफल हुनुभएको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया