बुद्धीचाल प्रतियोगिता सुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको सहआयोजनामा बिहीबारबाट गोरखा क्याम्पसमा प्रतियोगिता सुरु भएको हो ।
७ प्रदेश, एनआरएनए, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ११ टिमबाट ३ पुरुष र ३ महिलाले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
६ स्पर्धाको खेल हुने र १८ पदकको टुङ्गो लाग्ने प्रतियोगिता संयोजक निरु दर्शनधारीले बताएकी छिन् । दर्शनधारीले बताए क्लासिकल, रेपिड र ब्लीट्ज स्पर्धाका खेलहरु सञ्चालन हुने छन् ।
बिहीबार जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाले प्रतियोगिताको उद्घाटन गरे । गोरखा क्याम्पसमा बिहीबारबाट सुरु भएको बुद्धिचाल प्रतियोगिता २ कात्तिकसम्म सञ्चालन हुने छ ।
पहिलो दिन भएको क्लासिकल तर्फको खेलमा प्राय शिर्ष खेलाडीहरुले जित हात पारे । खुला तर्फ फिडे मास्टर रुपेस जयसवाल र क्षितिज भण्डारीले जित हात पारे । पहिलो तर्फ पनि डब्लु एफएम सुजना लोहनीले जित हात पारे । रुपेसले लेख बहादुर थापा तथा क्षितिजले विश्व विजय घिमिरेलाई हराए । यसैगरी सुजनाले मार्सल तामाङलाई हराइन् । प्रतियोगिताको बलियो खेलाडी मानिएका आर्मीका मिलन लामा प्रदेश –२ का मनोज विकेसँग बराबरीमा रोकिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया