ब्याडमिन्टन टोलीको बिदाई

बंगलादेशमा आयोजना हुने योनेक्स सनराईज बंगलादेश ईन्टरनेशनल च्यालेन्जमा सहभागी हुन जाने नेपाली ब्याडमिन्टन टोलीलाई संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष सुभाष श्रेष्ठ, महासचिव विरेन्द्र श्रेष्ठलगायत संघका पदाधिकारीहरुले शनिबार त्रिपुरेश्वरमा विदाई गरे ।
संघका सदस्य जीवन कुँवरको नेतृत्वमा प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीमा रत्नजित तामाङ्ग, दीपेश धामी, नविन श्रेष्ठ, दीपक बोहरा, नङ्गशल देवी तामाङ्ग, जेशिका गुरुङ्ग, सुनैना मुखिया र अन्नु राई रहेका छन् । टिम प्रशिक्षकमा राजेश प्रताप शाक्य रहेका छन् ।
प्रतियोगिता मंसिर २१ देखि २५ गते सम्म संचालन हुनेछ । प्रतियोगितामा नेपाली टोलीले मेन्स सिङ्गल र डबल्स, ओमेन्स सिङ्गल र डबल्स तथा मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन् । टोली आजै त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया