मनीतालाई कांस्य

भारतको कोचीमा भएको १० औं एसियाली क्याडेट जुडो च्याम्पियनसिपमा नेपालकी मनीता श्रेष्ठ प्रधानले शुक्रबार कांस्य पदक जितेकी छन् ।
मनीताले किर्गिस्तानकी काडीरोभा जिरेगुललाई वाजारीमा पराजित गर्दै कांस्य जितेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । शनिबारदेखि १७ औं एसियाली जुनियर जुडो च्याम्पियनसिप सुरु हुँदैछ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया