मरिचमान छैटौं

मिस युनिभर्स च्याम्पियनसिप तथा फिट्नेस फेस्टिभलको शारीरिक सुगठनतर्फ पुरुष ७० केजीमा मरिचमान लामा छैटौं भएका छन् ।
अप्रिल १५ देखि १७ तारिखसम्म भारतको पुनेमा भएको प्रतियोगितामा ४४ प्रतिस्पर्धी मध्ये मरिच छैटौं भएको नेप्लिज फेडरेसन अफ बडी बिल्डिङ तथा फिट्नेसका महासचिव अजयकुमार वज्राचार्यले जनाएका छन् । प्रतियोगितामा मरिचसहित २ खेलाडी नेपालबाट सहभागी भएका थिए ।


अर्का खेलाडी देवराज पराजुली पुरुष फिजिक्स १ सय ७१ सेन्टीमिटरमा ५९ सहभागी मध्ये १० औं भए । नेप्लिज फेडरेसन अफ बडीबिल्डिङ तथा फिट्नेसका अध्यक्ष शिवलाल श्रेष्ठ र सदस्य रेणुका श्रेष्ठ पनि प्रतियोगितामा सहभागी थिए ।
टोलीले सोमबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ भेट गर्दै खेलाडीको प्रदर्शनलगायतका विषयमा जानकारी गराए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया