महिला फुटबलमा प्रदेश नम्बर ३ विजयी

दाङको बेलझुण्डीमा शनिबार भएको महिला फुटबल प्रतियोगितामा प्रदेश नम्बर ३ विजयी भएको छ । उसले प्रदेश ५ लाई ३–० गोल अन्तरले पराजित गरेको हो । प्रदेश तीनको जीतमा २ गोल कप्तान ममता थापा मगरले गर्दा एक गोल पार्वती घलेले थपिन् ।

पहिलो हाफको ३५ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको प्रदेश तीनले दोस्रो हाफमा थप २ गोल गरेको थियो ।दोस्रो हाफ शुरु भएको पाँच मिनेट पछि नै प्रदेश तीनका लागि कप्तान ममता थापा मगरले व्यक्तिगत दोस्रो गोल गर्दा टिमले पनि २–० को अग्रता बनाएको थियो । यसैगरी ६२ औं मिनेटमा पार्वती घलेले एक गोल थपिन् । त्यसपछि गोल नभएपछि  प्रदेश तीन विजयी हुन सफल भयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *