महिला बास्केटबलमा प्रदेश–१ विरूद्ध बागमतीको जित

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटबल प्रतियोगितामा प्रदेश–१ विरुद्ध बागमती प्रदेशले जित हासिल गरेको छ ।
शनिबार भएको खेलमा प्रदेश–१ लाई ७५–२४ को अन्तरमा बागमतीले जित हासिल गरेको हो ।
प्रतियोगिताको पहिलो चरणमा बागमतीले १७–६ को अन्तर बनाएको थियो । दोस्रो चरणमा प्रदेश–१ ले कमजोरी खेल प्रदर्शन पुनः बागमती प्रदेशले २३–३ को फराकिलो अन्तर बनायो । त्यसपछिको तेस्रो र चौथो चरणमा पनि बागमतीले क्रममा ः २२–८ र १३–९ को अन्तर बनायो ।
प्रतियोगितामा बागमती प्रदेशलाई जित हासिल गराउन विना मणि योञ्जनले १३ अंक जोडेकी थिइन् ।
पोखरा रङ्गशालास्थित कोर्टमा भएको खेलमा पुरुष तर्फको खेलमा पुल ए तर्फ पुलिसले दिपसन के.सी.को १६ अंकको मद्धतले प्रदेश १ लाई ६६–४४ बास्केटले पराजित गर्न सफल भएको हो । यस्तै अजय कुशवाहा र निश्चल महर्जनको १२ अंकको मद्धतले सेनाले लुम्बिनीलाई ७६–५३ बास्केटले पराजित गरेको हो । जित निकाल्ने क्रममा एपिएफले गण्डकीलाई ७०–६२ बास्केटले जित निकाल्यो । मविन्द्र भण्डारीले १८ अंकको योगदान गरे । सुदूरपश्चिमले अनुप राउतको २० अंकको मद्धतले मधेस प्रदेशलाई ७४–५८ बास्केटले पराजित गरेको छ ।
पुरुष ३ वाई ३ मा पुलिसले प्रदेश १ लाई समूह ए मा १९–१६ले, एपिएफले सेनालाई १०–८ ले तथा पुल बीमा बागमतीले लुम्बिनीलाई २१–१२ ले तथा गण्डकीले सुदूर पश्चिमलाई २२–१२ ले पराजित गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया