महिला भलिबलमा बागमती तेस्रो

महिला भलिबलमा बागमती प्रदेश तेस्रो भएको छ । म्याग्दीको बेनीमा बुधबार भएको खेलमा घरेलु टिम गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमती तेस्रो भएको हो ।

बागमतीले दोस्रो, तेस्रो र चौथो सेटमा गण्डकीलाई २५–१२, २५–२१ र २५–१७ अन्तरमा पराजित गरेको हो । विभागीय टिम एपीएफ र पुलिस बीच दिउँसो १ बजे फाइनल खेल हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
एपीएफले बागमती र पुलिसले गण्डकीलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया