मि.बुल्सम्यान अर्जून वर्णवाल फाइनलमा

नेपाल ब्यायाम मन्दिरका अर्जून बर्णवाल “चौधौं धर्मश्री” को फाईनलमा प्रवेश गरेका छन् । बर्णवाल हालै पोखरामा सम्पन्न मि. बुल्समेन शारिरीक सुगठनका विजेता हुन् । ८० केजी माथीको तौल समूहमा बर्णवाल संगै प्लानेट फिटनेशका प्रकाश राई, सेप टु फिटनेशका विजयत्तम राज बज्राचार्य, नेपाल ब्यायाम मन्दिरका गिरिष महर्जन र चितवनका बोध बहादुर खड्का फाइनल चरणमा प्रवेश गर्न सफल भएका छन् ।
नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको प्रतियोगिताको प्रिजजिङ्ग राउन्डबाट फाइनल चरणमा प्रवेश गर्नेमा ८० केजी तौलबाट फिटनेश स्टुडियोका महेश मर्हजन, न्यू फ्लेक्सका नरेश मालाकार, ब्रदर एन्ड सिस्टरका तुलबहादुर श्रेष्ठ, फ्लेक्सका बालमुकुन्द अवाल, सेप फिटनेशका महेश्वर महर्जन र शंखमुलका मुकेश ज्यापु रहेका छन् । महेश्वर हालै भुटानमा सम्पन्न एशियन च्याम्पियनसिपमा आफ्नो तौल समूहका विजेता समेत हुन् ।
जियोनी मोवाईलको प्रायोजन रहेको प्रतियोगिताबाट ७५ केजीमा फ्रिडम फिटनेशका मिलन विक्रम सिजापती, नेपाल जिमका नविन राना, सेप टु फिटनेशका प्रवेश श्रेष्ठ, मिड वेस्र्टनका लविन गाहा, ग्रिन विसका उमेश राई र फिटनेश वल्र्ड जिम दिनेश मानन्धर फाइनल प्रवेश गरे । यस तौल समूहमा ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
महाराजगंजस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रिजजिङ्ग प्रतियोगिताबाट ७० केजीबाट फाईनल चरण प्रवेश गर्नेमा सेप फिटनेशका राजेश मगर, सिटी हेल्थका विसुराम के.सी., नेपाल ब्यायाम मन्दिरका रामहरी खनाल, सेप टु फिटनेशका किरण यादव, रिभर फिल्डका अशोक महर्जन र फिटनेश स्टुडियोका चन्द्र कुमार के.सी. रहेका छन् । ६५ केजीमा वुटवलका व्रिजेन्द्र मान श्रेष्ठ, कम्प्लिट हेल्थका अनिल लाल श्रेष्ठ, नेपाल ब्यायाम मन्दिरका रोशन विक्रम शाही, यारो फिटनेशका विकास धिमाल, फिटनेश स्टुडियोका अजय कुमार गुप्ता र नेपाल ब्यायाम मन्दिरका रामबहादुर दाहाल छन् । ६० केजीम न्यू फ्लेकसका रमेश कार्की, मिड वेस्र्टनका नविन कुमार योगी, नेपाल ब्यायामका आशिष धेवाजु र प्रकाश बहादुर कार्की, सिटी फिटनेशका सुपेन्द्र डङ्गोल र नेपाल ब्यायामका संजीव कुमार श्रेष्ठ तथा ५५ केजीमा बुल्स जिमका सुरेश गुरुङ्ग, नेपाल ब्यायामका विष्णु बहादुर सिंह र सुशिल विन्दुकार, रत्नश्रीका कमल भंडारी, आईस्टर फिटनेशका पुकार विक्रम शाह र कालिमाटी फ्रेन्डशिप जिमका सविन महर्जन पनि फाइनल प्रवेश गर्न सफल भएका छन् ।
७० केजीमा १० जनाले प्रतिस्पर्धा गरेका थिए भने ६५ केजीमा ९, ६० केजीमा ११ र ५५ केजीमा १० जनाले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको फाइनल चरण शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा दिनको २ बजे हुने कार्यक्रम रहेको छ । प्रत्येक समूहबाट प्रथम हुन सफल खेलाडीहरुले धर्मश्री उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । सात समूहबाट प्रथम भई धर्मश्रीका लागि प्रतिस्पर्धा गर्ने खेलाडीबाट छनोट गरि धर्मश्री विजेता घोषित गरिनेछ । धर्मश्री विजेता नगद ५ लाख सहित ट्रफी र ब्यानेटबाट सज्जित हुनेछन् ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया