मुवाँथाइ हुने

नेपाल राष्ट्रिय मुवाथाई संघ र के ब्याग स्पोर्ट्स प्रा.लि. को संयुक्त आयोजनामा प्रथम के ब्याग मुवाथाई च्याम्पियनसिप असोज १४ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा ५० खेलाडीले विभिन्न ४ तौलसमूहमा प्रतिस्पर्धा गर्ने के ब्यागका अध्यक्ष कमल बस्न्यातले जनाएका छन् ।
पुरुष ५५ केजीमुनि, ६० केजीमुनि र ६५ केजीमुनिमा शीर्ष तीन स्थान हासिल गर्ने क्रमशः १० हजार, ५ हजार २ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् । ६५ केजीमाथिदेखि ७० केजीमुनि तौलसमूहका विजेताले ५० हजार, उपविजेताले २० हजार तथा तेश्रो हुने दुई खेलाडीले ७ हजार ५ सयका दरले नगद पुरस्कार पाउने छन् । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *