राखेपको वार्षिकोत्सवमा दीपावली

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९ औं वार्षिकोत्सवका अवसरमा सोमबार दीपावली गरिएको छ । त्रिपुरेश्वरस्थित राखेपको केन्द्रीय कार्यालयका साथै सातै प्रदेश र ७७ जिल्लामा वार्षिकोत्सवका अवसरमा दीपावली गरिएको थियो ।
केन्द्रीय कार्यालयमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बेलुन उडाएर वार्षिकोत्सवको शुभारम्भ गरे । वार्षिकोत्सवका अवसरमा आइतबार राखेप कर्मचारीबीच डबल्स ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको  थियो । भदौ १८ गते मुख्य कार्यक्रम हुनेछ । त्यस दिन खेलाडी, कर्मचारीलगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । २०२१ साल भदौ १३ गते राखेप स्थापना भएको थियो ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया