राखेपद्वारा सात खेल संघको दर्ता खारेज

काठमाडौं, जेठ ३२ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले परिषद्मादर्ता रहेकाविभन्नि सात राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ ।
नेपालफुटबल संघ, नेपाल जेनुइनमार्सल आर्ट संघ, नेपाल फ्युजनमार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपालआर्म रेस्लिङ संघ, नेपाललागु पदार्थ तथाएड्स संघ तथा नेपालकर्पोरेट खेलकुद संघको दर्ता खारेज गरिएको हो ।
दर्ता भएएता साधारणसभानगराएको र निस्कृय रहेको राष्ट्रिय संघ छानविन समितिको प्रतिवेदनकाआधारमाहालपहिलो चरणमा सात संघको दर्ता खारेज गरिएको राखेपका प्रेस सल्लाहकार रोहितदाहालले जनाएकाछन् ।
२०७२ साल पुस २ गते राखेप सदस्यशान्ति सिंहको संयोजकत्वमा ३ सदस्यीयछानविन समितिगठनगरिएको थियो । राखेपद्वारा गठितउक्त समितिमा खेलकुदविकास विभागकाअधिकृत ज्ञानेन्द्र श्रेष्ठ सदस्यतथा खेलकुदप्रतियोगितातथा योजनाविभागकाअधिकृत शारङ्गिननिरौला सचिवथिए ।
फुटबल २०६५, जेनुइन २०६६, फ्युजन २०६७, योग २०६८,आर्म रेस्लिङ २०६५, लागु पदार्थ २०५७तथाकर्पोरेट २०६३ सालमा राखेपमादर्ता भएकाथिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया