राष्ट्रिय खेलकुद ट्रफी हेटौंडामा

राष्ट्रिय खेलकुद प्रतियोगितामा च्याम्पियन हुने टोलीका लागि प्रदान गरिने राष्ट्रिय खेलकुद ट्रफी आज हेटौडा पु¥याईएको छ । ओलम्पियन दीपक बिष्टको नेतृत्वमा गठित ट्रफी टुर कार्यदलले राष्ट्रिय खेलकुदमा सहभागी ७ प्रदेश, ३ विभागिय टोली र एनआरएनको केन्द्रिय कार्यालयमा प्रदर्शन गर्ने क्रममा आज कार्यदलले ट्रफी बागमती प्रदेशको राजधानी हेटौंडा पु¥याएका हुन् ।
कार्यदलले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको उपस्थितीमा खेलाडी र खेलकर्मीविच ट्रफी प्रदर्शन गरेका हुन् । ट्रफी प्रदर्शन कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद शर्मा, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री बशन्त प्रसाद मानन्धर, श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल, बन तथा बातावरण मन्त्री बिशाल खड्का, युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल, कृषी तथा पशुपंक्षी विकास मन्त्री बशुन्धरा हुमागाई, भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेल, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको उपस्थिती रहेको थियो ।
कार्यदलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा ट्रफी प्रदर्शन गरिसकेको छ ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया