राष्ट्रिय ब्लाकबेल्ट ग्रेडिङ्ग सेमिनार/परिक्षा सुरु

नेपाल जुडो संघको आयोजनामा राष्ट्रिय ब्ल्याकबेल्ट ग्रेडिङ्ग सेमिनार तथा परिक्षा आइतबारदेखि केन्द्रीय जुडो प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
चारदिने सेमिनारमा ३२ जनाको सहभागिता रहेको जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । सेमिनारको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया