शारीरिक सुगठनमा गण्डकी र सेनालाई दुइ दुइ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको सभाहलमा भएको आइतबार भएको शारीरिक सुगठन प्रतिस्पर्धामा गण्डकी प्रदेश र नेपाली सेनाले समान दुइ स्वर्ण जितेका छन् । पहिलो दिन ५ स्वर्ण पदककालागि भएको प्रतियोगितामा १ स्वर्ण नेपाल पुलिस क्लबले हात पारेको छ ।
५५ केजी तौल तर्फको प्रतिस्पर्धामा गण्डकी प्रदेशका विवेक हमालले स्वर्ण जिते । बागमती प्रदेशका दिनेश गोसाइले रजत र सेनाका रमेश फोम्बोले कास्य पदक पाए ।
६० केजी तौलमा नेपाल प्रहरीका डेभिड बलामीले स्वर्ण जिते । एपिएफका किशन दिवाकरले रजत जित्दा लुम्बिनी प्रदेशका सुनिल आलेले कास्य पाए ।
६५ केजी तौल समूहमा गण्डकीका अश्मिन गुरुङ्गले आफ्नो टिमका लागि दोश्रो स्वर्ण जिते । लुम्बिनीका नवराज डुम्रेले रजत प्राप्त गरे । यस्तै सुदूरपश्चिमका सुनिल चन्दले कास्य पदक हात पारे ।
७० केजी तौलमा सेनाका प्रज्वलमान शाक्यले स्वर्ण हात पार्दा मधेस प्रदेशका किरण यादव र लुम्बिनीका विजेन्द्रमान श्रेष्ठले क्रमश ः रजत र कास्य जिते ।
७५ केजी तौलमा नरेश मालाकार प्रथम हुँदै स्वर्ण हात पार्न सफल भए । मधेस प्रदेशका सनी आज्माले रजत र बागमतीका योगेश राज शाहीले कास्य पदक प्राप्त गर्न सफल भए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया