शिरिष र गौरिका रियोको लागि छनोट

ब्राजिलको रियो द जेनेरियोमा अयोजाना हुने रियो ओलम्पिकका लागि पौडी खेलमा शिरिष गुरुङ्ग र गौरिका सिंह छनोट भएका छन् ।
पौडीको अन्तराष्ट्रिय संस्था फिनाले रसियाको कजान र दुवईमा भएको ओलम्पिक छनोट प्रतियोगितामा सहभागी भई फिना अंकको नजिक रहेको आधारमा गुरुङ्ग र गौरिकालाई रियो ओलम्पिकका लागि छनोट गरिएको सोमबार नेपाल पौडी संघलाई जानकारी गराएको अध्यक्ष अशोक बज्राचार्यले बताए ।
रियो ओलम्पिकमा गुरुङ्गले १०० मिटर फ्रिस्टायलमा र गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्ने अध्यक्ष बज्राचार्यले जानकारी गराए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया