सञ्जुलाई अन्तिम श्रद्धान्जली

१३ औं सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाउन सफल खेलाडी स्व. सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरियो ।
स्व. चौधरीको सवमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा र राष्ट्रिय खेलकुद परिषद्को झण्डा ओढाउनुका साथै अबिर तथा फुल मालाले श्रद्धान्जली ब्यक्त गरे । साँसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले फुलमाला तथा अबिरबाट श्रद्धान्जी अर्पण गरे । यस्तै राखेपका विभागिय प्रमुखहरु, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, कर्मचारीहरु, खेलाडी तथा खेलकर्मीहरुले स्व. चौधरीको सवमा अविर तथा फुलमालाले श्रद्धान्जली ब्यक्त गरेका थिए ।

सेयर गर्नुहोस्

फेसबुक प्रतिक्रिया